काठमाण्डु – नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले एएफसी एसियन कप छनोटको लागि मंगलबार हङकङ उडेको छ।
नेपालले एसियन कपको छनोटको तयारीस्वरुप हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ। हङकङसँगको खेल नेपालका लागि वार्मअप खेल हुनेछ। नेपालले जुन ५ मा हङकङसँग खेल्नेछ। नेपालले एसियन कप छनोटमा लाओससँग १० जुनमा खेल्नेछ।
कप्तान किरण चेम्जोङ हङकङसँगको खेलबाट गल्तीहरू सिकेर लाओेससँगको खेलमा राम्रो प्रदर्शन गर्ने बताका छन् ।
हाल टिममा २ नयाँ युवा खेलाडी थपिएका छन्। कुशल देउवा र सृजन राज गौतमले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्। यसपटक राष्ट्रिय टिमले यो पटकको छनोट खेलका लागि २० दिन लामो प्रशिक्षण गरेको थियो।
नेपाली राष्ट्रिय टिममा परेका कुशल देउवा र सृजन राज गौतमले आफ्नो क्षेत्रमा राम्रो प्रदर्शन गरि राष्ट्रिय टिममा मौका बनाएका हुन्।
अर्का खेलाडी सृजन राज गौतम पनि मिडफिल्डमा खेल्ने खेलाडी हुन्। उनी घरेलु फुटबलमा राम्रो छाप छोड्दै राष्ट्रिय टिममा आएका थिए।
नेपाली टोली
गोलकिपर : विशाल सुनार, दीप कार्की, किरण चेम्जोङ
डिफेण्डर : अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ
मिडफिल्डर : एरिक बिष्ट, आयुष घलान, कृतिश रत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहन कार्की, रोहित चन्द, सृजन राज गौतम, सुमित श्रेष्ठ
फरवार्ड : अन्जन बिष्ट, जिलेस्पी जंग कार्की, सुवास बम ठकुरी
प्रतिक्रिया