अफगानिस्तान : तालिबानको सरकारमा आन्तरिक विवाद, नेताबीच राष्ट्रपति भवनमा चर्काचर्की


एजेन्सी – अफगानिस्तानमा नयाँ सरकारको संरचनाको विषयमा तालिवान नेताहरुबीच ठुलो विवाद उत्पन्न भएको छ । राष्ट्रपति भवनमा उक्त लडाकु समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र एक मन्त्रीबीच चर्काचर्की परेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

बरादर सार्वजनिक रूपमा देखा नपरेकाले तालिबान नेतृत्वमा मतभेद रहेको अपुष्ट विवरण आएको थियो । तर यसलाई औपचारिक रूपमा भने अस्वीकार गरिएको छ । गत महिना तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गरेको थियो । त्यसपछि उक्त अतिवादी इस्लामिक समूहले देशलाई (इस्लामिक इमिरात) घोषणा गरेको छ ।

नवगठित अन्तरिम मन्त्रिपरिषद्मा सबै सदस्य पुरूष छन् । सरकारमा वरिष्ठ तालिबान नेताहरू छन् । तीमध्ये केही विगत दुई दशकमा अमेरिकी सेनामाथि गरिएका आक्रमणका लागि कुख्यात मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement