कांग्रेस देउवा पक्षको वडा अधिवेशन आज हुँदै

कांग्रेस देउवा पक्षको वडा अधिवेशन आज हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन बिहीबार हुँदैछ ।

वडा अधिवेशनका लागि देउवा पक्षले ५६ जिल्लामा निर्वाचन संयोजक पनि खटाएको छ।

कांग्रेसको संस्थापन पक्षले असोज १८ गतेदेखि हुने १५औँ महाधिवेशनको तयारी गरिरहेकैबेला इतर समूह देउवा पक्षले पनि समानान्तर अधिवेशन थालेको छ । सोही अन्तर्गत वडा अधिवेशन हुन लागेको हो।

देउवा पक्षले १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गते गर्दैछ । सोहीअनुसार नै देउवा पक्षले असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ ।

देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन।