काठमाण्डु – अफगानिस्तानका राष्ट्रपति असरफ घानी देश छाडेर भागेका छन् । आजै तालिवानीहरु राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानी आफ्नो कोर टिमसहित अर्को मुलुक ताजिकिस्तानतर्फ भागेका हुन् ।
रोयटर्सका अनुसार गृह मन्त्रालयका एक अधिकारीले पनि राष्ट्रपति र उपराष्ट्रपति अमरुल्लाह सालेह देश छाडेर भागेको पुष्टि गरेका छन् ।
यसअघि आज दिउँसो कार्यवाहक रक्षामन्त्री बिस्मिल्लाह मोहम्मदीले राष्ट्रपतिले संकट समाधानको अधिकार राजनीतिक नेताहरुलई सुम्पेको बताएका थिए । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् ।
केहि दिनअघि मात्रै विद्रोही समूह तालिवानले राष्ट्रपति घानी नहटेसम्म अफगानिस्तानमा शान्ति कायम नहुने भन्दै राष्ट्रपतिले पदबाट राजीनामा दिएर देश छोड्नुपर्ने बताएको थियो ।
प्रतिक्रिया