तालिवानले ‘शरिया कानुन’ ल्याउने बताएपछि महिलाहरु त्रसित, के-हो ‘शरिया कानुन’ ?

तालिवानले ‘शरिया कानुन’ ल्याउने बताएपछि महिलाहरु त्रसित, के-हो ‘शरिया कानुन’ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मंगलबार तालिवानका रहस्यमयी प्रवक्ता सार्वजनिक भएका छन् । रहस्यमयी रहेका तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिद अफगानिस्तान कब्जा गरेपछि पहिलो पटक पत्रकार सम्मेलनमार्फत  देखिएका हुन् ।

धेरै पत्रकारहरूले उनलाई पहिलोपटक देखेको बताएका छन् ।  वर्षौँसम्म अनुहार नदेखिएका प्रवक्ता एक व्यक्ति हुन् कि धेरै जना छन् भन्ने अनुमान गरिन्थ्यो । तर, अहिले सबैले पत्रकार सम्मेलनमा बोल्ने व्यक्तिलाई नै जबिहुल्लाह मुजाहिद हो भन्ने मानेका छन् । तर उनी नहुन पनि सक्छन् ।

पहिलो पटक देखिएका तालिबानका प्रवक्ताले सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिँदै सरकार गठन भएपछि कस्तो कानुन ल्याउने भन्ने कुराबारे निर्णय गरिने जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै मुजाहिदले महिलाहरुका लागि ‘शरिया कानुन’ ल्याउने भन्दै साेही कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहने बताएका थिए ।

मुजाहिदको ‘शरिया कानुन’ शब्दले तालिवानी महिलाहरु चिन्तित भएका छन् । बीबीसीकी पत्रकार याल्दा हकिमले उनको यो शब्दले आफुलाई पनि चिन्तित बनाएको बताइन् । उनले ट्वीटरमा भनेकी छन, ‘शरिया कानुनको कुरो– त्यसले मलाई त्रसित बनायो । उनीहरूले अहिलेसम्म त्यो कस्तो हुन्छ भनेका छैनन् ।’

कयौं पटक फोन, म्यासेजमा कुरा गरेकी हकिमले तानिवानी प्रवक्ताको अनुहार भने पहिलोपटक देखेको बताउँदै भनेकी छन्– ‘तालिवानीहरु रहस्य लुकाउन सिपालु छन् ।’

भ्रामक कुरा गर्नु नै तालिवानीहरुको गुण हो । हकिमले भनेकी छन्, ‘उनीहरुलाई सहि शब्द कसरी प्रयोग गर्ने थाहा छ, तर उनीहरु भ्रामक कुरा गर्छन । उनीहरुलाई विश्वास गर्ने कि नगर्ने भन्ने कुरामा कहिल्यै स्पष्ट हुन सकिँदैन ।’

‘धेरै कुरा रहस्यमयी छ … तर के हामी साँच्चै जान्दछौँ उनीहरू को हुन ?’, उनले प्रश्न गरेकी छन् ।

के हो शरिया कानुन ?

शरिया कानुन इस्लामको ग्रन्थ कुरान र इस्लाम विद्वानहरूको निर्णय फतवाबाट साभार गरिएको कानुनी प्रणाली हो । शरिया कानुनले मानिसहरूलाई परिवार, अर्थ अनि व्यापार जस्ता जीवनका सबै पाटाबारे जानकारी दिने गर्छ । तर, यसमा केही कडा सजायहरू पनि समावेश गरिएका हुन सक्छन् ।

उदाहरणका लागि चोरीको सजाय हात काटिदिनु हुनसक्छ भने व्यभिचारको सजाय ढुङ्गाले हानेर मार्नु हुन सक्छ । तालिवानले सिंगो देश नै कब्जामा लिएपछि चिन्तित भएका महिलाहरु मुजाहिदको ‘शरिया कानुन’ शब्दले झनै धेरै त्रसित बनेका छन् ।