अफगानिस्तानको घाज्नी प्रान्तमा १५ जना लडाकू मारिए


काठमाडाैँ— अफगानिस्तानको घाज्नी प्रान्तमा शनिबार सरकारी सुरक्षाफौजले गरेको प्रतिआतङ्कवादी कारबाहीका क्रममा १५ जना तालिवानी लडाकू मारिएका छन्।

प्रान्तीय सरकारले शनिबार जारी गरेको वक्तव्यमा बिहानै कारबाही गरेको र त्यसक्रममा विगतमा आतङ्कवादी अपराधमा संलग्न व्यक्तिहरु मारिएका उल्लेख छ ।

सुरक्षाफौजले तीन थान एके–४७ बन्दुक, १५ थान म्याग्जीन तथा ५५० थान बन्दुकका गोली समेतका हातहतियार पनि बरामद गरेको छ ।

घाज्नी प्रान्तमा सक्रिय तालिवान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएको छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस
Advertisement