अफगानिस्तानमा ६.३ रेक्टरको भूकम्प : २० जनाको मृत्यु, ३२० जना बढी घाइते

अफगानिस्तानमा ६.३ रेक्टरको भूकम्प : २० जनाको मृत्यु, ३२० जना बढी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–अफगानिस्तानको विभिन्न प्रान्तहरूमा सोमबार राति गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३२० जना घाइते भएका छन् ।

रोयटर्सका अनुसार आज बिहानसम्म ३२० जना घाइते र २० जना शहीद भएको रिपोर्ट गरिएको छ र उनीहरूलाई स्वास्थ्य केन्द्रहरूमा स्थानान्तरण गरिएको छ ।

प्रारम्भिक जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु समंगन प्रान्तमा रहेको र त्यहीँ सबैभन्दा धेरै क्षति पुगेको बताइएको छ ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा भौतिक धनमालको क्षती पनि भएको छ, तर पूर्ण विवरण पछि सार्वजनिक गरिनेछ । भूकम्पपछि तत्काल केन्द्र तथा स्थानीय निकायसँग समन्वय गरी उद्धार तथा राहतका काम अघि बढाइएको जनाएइको छ ।

यसअघि गत सेप्टेम्बरमा अफगानिस्तानको पूर्वी प्रान्तमा गएको ६.० म्याग्निच्युडको भूकम्पमा १४०० भन्दा बढीको मृत्यु र ३,००० भन्दा बढी घाइते भएका थिए । संयुक्त राष्ट्रसंघको मानवतावादी समन्वय कार्यालयका अनुसार सो भूकम्पबाट करीब १२,००० प्रभावित भएका थिए ।