अफगानिस्तानको तालिबान शासनलाई मान्यता दिने रूस बन्यो पहिलो देश

अफगानिस्तानको तालिबान शासनलाई मान्यता दिने रूस बन्यो पहिलो देश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अफगानिस्तानमा तालिबान शासनलाई रूसले औपचारिक रूपमा मान्यता दिने पहिलो देश बनेको छ।

अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई साहसिक निर्णय भनेका छन्।

बिहीबार काबुलमा अफगानिस्तानस्थित रूसी राजदूत दिमित्री जिरनोभसँगको भेटमा मुत्ताकीलाई रूस सरकारले अफगानिस्तानको इस्लामी अमीरात अर्थात् इस्लामको कानुनी शासनमा आधारित राज्यलाई मान्यता दिने निर्णयको औपचारिक जानकारी दिएको हो।

मुत्ताकीले यो कदमलाई सकारात्मक सम्बन्ध, आपसी सम्मान र रचनात्मक साझेदारीको नयाँ अध्याय भएको बताए। साथै, उनले यो परिवर्तन अरू मुलुकहरूका लागि उदाहरणीय बन्ने दाबी पनि गरे।

केही दिनअघि मात्रै रुसको ड्यूमा राज्यले तालिबानलाई प्रतिबन्धित समूहको सूचीबाट हटाउन आवश्यक तीनवटा रिडिङमध्ये पहिलो विधेयकस्वीकृत गरेको थियो । अफगानिस्तानले यो निर्णयको स्वागत गरेको छ । भ्लादिमिर पुटिनले जुलाईमा नै तालिबान अब आतंकवादविरुद्ध लड्न सहयोगी भएको बताएका थिए । अफगानिस्तानमा इस्लामिक स्टेटको उपस्थितिलाई समाप्त गर्न काम गरिरहेको तालिवानले पनि बताएको छ ।

सन् २०२१ को अगस्टमा पुनः सत्तामा फर्किएपछि मानव अधिकार उल्लङ्घनको बढ्दो आरोपहरूको बाबजुद तालिबानले अन्तर्राष्ट्रिय मान्यता र लगानीको खोजी गर्दै आएको छ।

रूसको यो निर्णय त्यसै प्रयासको पहिलो सफलता बन्ने देखिएको छ।