अफगानिस्तानकाे प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस, भिडन्त जारी

अफगानिस्तानकाे प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस, भिडन्त जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानको हेलमान्द प्रान्तको राजधानी लश्कर गाहमा तालिबान र सेनाबीच भिडन्त जारी रहेको छ । अमेरिका र अफगानिस्तानले हवाई हमला जारी राखे पनि बिद्रोहीहरुले निरन्तर आक्रमण गरिरहेका छन् । भीडन्तबीच यो सहर तालिबानको पकडमा पुग्ने चिन्ता व्यक्त गर्न थालिएको छ । विद्रोहीलाई सयौँको सङ्ख्यामा थप सुरक्षाकर्मी सो क्षेत्रमा पठाइसकिएको छ ।

२० वर्ष अफगानिस्तानमा रहेर सैन्य कारबाही गरेको अमेरिकाले आफ्ना सैनिक फिर्ता लगेसँगै तालिबानले देशमा आफ्नो पकड मजबुत बनाउन थालेको हो । तालिबानले त्यहाँको टेलिभिजन स्टेसनलाई कब्जामा लिइसकेको छ ।

लश्कर गाहको अवस्था कस्तो छ ?

लश्कर गाहका एकजना चिकित्सकले कैयौँ दिनको लगातारको लडाइँका कारण उक्त सहरलाई निकै अप्ठेरोमा पारेको र अधिकांश मानिसहरू हिँडडुल गर्न पनि डराएको बताएका छन्। चिकित्सा परोपकारी संस्था एमएसएफका डाक्टर मसूद खानका अनुसार गम्भीर घाइते भएर अस्पताल आउने बिरामीहरूको सङ्ख्या पनि बढिरहेको छ । उनले अन्य कैयौँ घाइतेहरू अस्पतालसम्म आउन पनि डराइरहेको बताए । उनका भनाइमा त्यस क्षेत्रमा औषधि र मेडिकल सामानको अभाव हुन थालेको छ ।

अमेरिका के भन्छ ?

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले तालिबानले गरेका अत्याचारका गम्भीर खाले घटनाहरू देखापरेको बताएका छन्। उनले खतरामा परेका अफगानहरूका लागि नयाँ शरणार्थी कार्यक्रम सञ्चालन गर्न महत्त्वपूर्ण कूटनीतिक, व्यवस्थापकीय र प्रशासकीय चुनौतीहरू हुने जनाएका छन् । तालिबानले अमेरिकालाई सहयोग गर्ने कैयौँ अफगानप्रति प्रतिशोध साँध्न सक्ने ठानिएको छ।