अफगानिस्तानका पाँच स्थानबाट अमेरिकाले फिर्ता लग्यो सेना


एजेन्सी-  मेरिकाले अफगानिस्तानबाट त्यहाँका करिब पाँच वटा सैनिक क्याम्पबाट सेना फिर्ता गरेको जनाएको छ । यही सन् २०२० को फेब्रुअरीमा अमेरिका र तालिबानबीच वार्ता गर्ने सहमति भएको थियो । सो सहमतिबमोजिम अमेरिकाले हजारौँं सैनिक फिर्ता गर्ने भनिएको थियो ।

तालिबानको उक्त प्रस्तावमा सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौता गरेको अमेरिकाले अफगानिस्तानका विभिन्न पाँच वटा सैनिक क्याम्पबाट सेना फिर्ता गरेको जनाएको हो ।उक्त सम्झौतासँगै १८ वर्ष लामो द्वन्द्व अन्त्य हुने र अफगानिस्तान शान्तितर्फ उन्मुख हुने अपेक्षा गरिएको थियो ।

सो सम्झौतामा अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्ने र तालिबानहरुका थुनुवाहरु पनि अफगानिस्तानको सरकारले रिहा गर्नुपर्ने भनिएको थियो । सम्झौताअनुसार तालिबानले आफ्नो प्रतिवद्धताहरु पालना गर्नुपर्ने र अमेरिका र नेटोका साझेदारहरुले १४ महिनाभित्र आफ्ना सबै सेना अफगानिस्तानबाट फिर्ता गर्नुपर्ने बताइएको थियो ।

अमेरिकाले यहाँ रहेका सेनालाई आठ हजारको हाराहारीमा ल्याउनुपर्ने शर्त सो शान्ति सम्झौताका क्रममा राखिएको थियो । त्यसैबमोजिम अफगानिस्तानबाट सेना फिर्ता गराइएको अमेरिकी रक्षा मन्त्रालयले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

तालिबानले पनि आफ्नो नियन्त्रणमा रहेको भूभागमा अलकायदा र अरु अतिवादी समूहलाई सक्रिय हुन नदिने सो सम्झौतामा उल्लेख गरिएको थियो । अफगानिस्तानको सरकारसँग औपचारिक वार्ता गर्न अस्वीकार गर्दै आएको तालिबानका नेताहरुले गत फेब्रुअरीमा कतारमा अमेरिकासँग यस्तो सम्झौता गरेका थिए ।

अमेरिका र तालिबानबीच कतारमा गत फेब्रुअरी २९ मा सहमति भएको थियो । सो सहमतिको १३५ दिनपछि मंगलबार अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गरेको जानकारी दिएको हो ।-एएनआई

प्रतिक्रिया दिनुहोस
Advertisement