बन्दागोबी बोकेको ट्रकमा २ हजार ५६६ किलो गाँजा, दुई जना पक्राउ

बन्दागोबी बोकेको ट्रकमा २ हजार ५६६ किलो गाँजा, दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– इनरुवाबाट २ हजार ५६६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय चालक राजु राई र १८ वर्षीय सहचालक सन्दीप राई रहेका छन् ।

इनरुवा नगरपालिका–३ सखुवागाछी चोकमा गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रक राेकेर जाँच गर्ने क्रममा ८३ वटा बोरामा ‘प्याक’ गरिएको उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।

बन्दागोबी बोकेको ट्रकमा लुकाएर लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।