अफगानिस्तानको एक विश्वविद्यालयमा बम बिस्फोट, १८को मृत्यु, ३३ घाईते


एजेन्सी – अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयमा भएको बम विस्फोटमा परी १८ जनाको मृत्यु भएको छ । विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार भएको बम विस्फोटमा अन्य ३३ जना घाइते भएका जनाइएको छ । स्नातकोत्तर तहको परीक्षाका लागि विद्यार्थीको प्रवेश हुने क्रममा विस्फोट भएको थियो ।

बिस्फोटनमा मृत्यु हुने मध्य धेरै जना बिद्यार्थी रहेको जनाइएको छ । अफगानी प्रहरी अधिकारीका अनुसार अहिलेसम्म बम विस्फोटको जिम्मा कसैले लिएको छैन । अधिकारीहरुले विस्फोटको अनुसन्धान जारी रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement