अफगानिस्तानमा राष्ट्रपति चयनका लागि कडा सुरक्षाबीच आज चुनाव


एजेन्सी – अफगानिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि आजदेखि मतदान सुरु भएको छ । वर्तमान निर्वाचन सन् २००१ मा तालिबान अन्त्य भएपछि देशमा चौथो आम निर्वाचन हो ।मतदान गर्ने क्रम देशै भरी सुरु भएको छ र मतदान केन्द्रहरूमा सर्वसाधारणहरूको बाक्लो उपस्थिति रहेको छ ।

यो निर्वाचनमा तालिवान विद्रोही सुरक्षाको लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । सेप्टेम्बरमा अमेरिकासँग एक वर्षदेखि भइरहेको शान्ती वार्ता अन्तिम समयमा भंग भयो । त्यस यता तालिवानले राष्ट्रपति निर्वाचनलाई असफल बनाएर बदला लिन खोजिरहेको छ ।

राष्ट्रपति पदका लागि निवर्तमान राष्ट्रपति असरफ गनी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह, पूर्व विद्रोही कमान्डर देखि पूर्व गुप्तचरहरु रहेका छन् । महिलाहरू भने राष्ट्रपति पदका लागि चुनावी दौडमा सामेल छैनन्। तीन करोड ७० लाख जनसंख्या रहेको अफगानिस्तानमा एक करोड भन्दा कम मतदान गर्ने योग्य छन् ।

१८ वर्षमाथिका नागरिकले मात्र निर्वाचन मतदान गर्न पाउने भएकाले ९६ लाख मानिस चुनावको लागि योग्य रहेको घोषणा गरिएको छ । सुरक्षालाई ध्यानमा राखेर ७२ हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ । त्यसमा ९,९०० महिला छन् । अफगानिस्तानमा यो पटक देशभका ३४ मध्य ३३ प्रान्तमा ५,३७३ निर्वाचन केन्द्र गठन गरिएको छ । निर्वाचनका लागि सरकारले १,१०,००० निर्वाचन अधिकारी परिचालन गरेको छ जसमध्य आधा माहिला छन् ।

अफगानिस्तानको राष्ट्रपति चुनावमा १६ जना प्रत्यासी मैदानमा छन् । तर १६ मध्य ६ जनालाई प्रमुख उम्मेदवार मानिएको छ । राष्ट्रपति निर्वाचनसँगै तल्लो सदन नेशनल असेम्बली अथात वोलेसी जिर्गाको २४९ सिट र माथिल्लो सदन मशरानो जिरगाको १०२ सिटमा मतदान हुदैंछ । वास्ताविक शक्ति वोलेसी जिर्गामा हुन्छ । यही सदनले कानून बनाउँछ र तिनको संशोधन पनि गर्छ । मेशरानो जिर्गा सल्लाहकारको भूमिका निभाउँछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement