सुर्खेत – नेपाल प्रहरीले रुकुम पश्चिममा ५१८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको छ ।
चालू आर्थिक वर्षको साउन १ गतेदेखि बैशाख १० गतेसम्म रुकुम पश्चिमका विभिन्न स्थानमा लगाइएको अफिम नष्ट गरिएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदबहादुर पौडेलले जानकारी दिए ।
आठविकोट नगरपालिकामा सबैभन्दा धेरै ४०० रोपनी क्षेत्रफलमा लगाएको लागूऔषध अफिम नष्ट गरिएको उनले बताए । सानीभेरी गाउँपालिकामा ९० र बाँफिकोट गाउँपालिकामा २८ रोपनी गरेर कुल ५१८ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ । अफिम लागूऔषध भएकाले अवैध मानिन्छ ।
आठविकोट नगरपालिकामा धेरै अफिम उत्पादन हुने गरेको प्रहरीले जनाएको छ । प्रहरीले बर्सेनि अफिम खेती नष्ट गर्दै आए पनि उत्पादनमा भने कमी आउन सकेको छैन । जंगलको बिचमा उत्पादन हुने भएको उत्पादन गर्ने व्यक्तिको पहिचान गर्न समेत प्रहरीलाई मुस्किल हुने गरेको छ ।




प्रतिक्रिया