पूर्वमन्त्री आफताव आलमको घरमा प्रहरीको छापा, १२ राउण्ड हवाई फायर


काठमाडौं – प्रहरीले राजपुर बम काण्डका दोषी एवं पूर्वमन्त्री आफताव आलमको घरमा छापा मारेको छ । रौतहटस्थित आलमको निवासमा बिहीबार राती बमकाण्डका फरार अभियुक्त महताब आलम (आफताबका भाइ) लाई पक्राउ गर्न प्रहरी पुगेको थियो । आलम घरमा नपाएपछि प्रहरी रित्तो हात फर्किएको थियो ।

त्यस्तै आलमलाई पक्राउ गर्न गए को प्रहरीमाथि स्थानीय आक्रमण गरेपछि १२ राउण्ड हवाई फायर गरेको छ । ठूलो संख्यामा जम्मा भएका स्थानीय बासिन्दाले प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास गरेपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए ।

राजपुर बमकाण्ड घटनाका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साहलयायतका व्यक्ति प्रहरीको फरार सूचीमा रहेकाहरुको खोज्ी कार्य तिव्र पारिएको एसपी खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement