११ दिनदेखि वेपत्ता डंगोल मारिएको सुचना उनकै फेसबुकमा पोष्ट भएपछि‘


रसुवा- रसुवाको उत्तरगया गाउँपालिका ५ लहरे घर भई बेत्रावती ट्रिनिटी इंग्लिस बोर्डिङ स्कुलका सञ्चालक रहेका २९ वर्षीय चित्रमान डंगोल बेपत्ता भएको ११ दिनपछि उनकै फेसबुकमार्फत उनी मारिएको सुचना सार्वजनिक भएको छ ।

बेपत्ता भएको ११ दिनपछि उनकै फेसबुक एकाउन्टबाट सोमबार झाडीमा पल्टिरहेको मानिसको तस्वीर पोष्ट भएको हो । तस्वीरसँगै १२ वर्षअघि उनले पोष्ट गर्ने व्यक्तिको भाइको पेटमा छुरा हानेको र सो घटनाको बदला लिन मौका पाएको उल्लेख गरिएको छ ।

‘मेरो भाइ भाग्यले बाँच्यो । यसलाई पनि म भाइको जस्तै हाल बनाउन चाहन्छु’ स्ट्याटसमा भनिएको छ, ‘यो बाँच्यो भने मेरो बर्बाद पारिदिन्छ ।’ उनी मारिएको तस्बिर फेसबुकमा प्रकाशित भएपछि उनका आफन्तहरुले रसुवा बन्द गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले भने डंगोल हत्याबारे अनुसन्धान थालिएको बताए। चैत १५ गते आफ्नो घर लहरेबाट स्याफ्रुबेँसीका लागि हिँडेका श्रेष्ठ सोही दिन राति १० बजे आफू स्याफ्रुबेँसी पुगेको जानकारी घरपरिवारमा गराएपछि सम्पर्कविहीन भएको उनका दाजु नेत्रमान डंगोलले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement