मैले राजीनामा दिएको छैन, मेरो विरुद्ध षड्यन्त्र रचियोः महान्यायाधिवक्ता खरेल


काठमाण्डु – महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पारेका छन् ।

विभिन्न सञ्चारमाध्यममा महान्यायाधिवक्ता खरेलले राजीनामा दिएको भन्ने समाचार प्रकाशित भएपछि उनले आफुले राजीनामा नदिएको बताएका हुन् ।

प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा मंगलबार बिहानैदेखि समाचार प्रकाशित भएका थिए ।

आफ्नो र सरकारको बदनाम गर्नका लागि दुश्प्रचार गरिएको भन्दै खरेलले यसलाई आफूविरुद्धको षड्यन्त्र भनेका छन् ।
‘मैले राजीनामा दिएको छैन र दिनुपर्ने कारण पनि छैन,’ उनले भने, ‘मेरो विरुद्ध कुनै कुनामा बसेर मान्छेले षडयन्त्र गरेर बाहिार राजीनामाको झुटा हल्ला चलाए ।’

प्रतिक्रिया दिनुहोस
Advertisement