तीन हजारको सामान किनेकी सन्तमायालाई पर्‍यो १० लाखको पुरस्कार

तीन हजारको सामान किनेकी सन्तमायालाई पर्‍यो १० लाखको पुरस्कार

यी हुन् १ लाख जित्ने कुपन नम्बर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकतर्फ नुवाकोटकी सन्तमाया तामाङले १० लाख रुपैयाँको पुरस्कार जितेकी छन् ।

आइतबार काठमाण्डुको न्यूरोडस्थित विशाल बजार परिसरमा आयोजित कार्यक्रममा दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको हो ।

तामाङले एसएस फेन्सी हाउसबाट तीन हजार रुपैयाँ बराबरको सामान खरिद गरेकी थिइन् । सोही खरिदको आधारमा गरिएको पुरस्कार छनोटमा उनको नाम १० लाख रुपैयाँको पुरस्कारका लागि परेको हो ।

पुरस्कार घोषणा भएपछि कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले तामाङलाई फोन गरी पुरस्कार जितेको जानकारी गराएका थिए ।

कार्यक्रमअन्तर्गत थप १६ जना विजेताले जनही एक लाख रुपैयाँ प्राप्त गरेका छन् । कर तिर्ने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको उपहार कार्यक्रममार्फत ग्राहकलाई खरिद गर्दा करसम्बन्धी विवरणसहितको बिल लिन प्रोत्साहित गरिँदै आएको छ ।

पुरस्कार घोषणा कार्यक्रममा अर्थ मन्त्रालय तथा आन्तरिक राजस्व विभागका अधिकारीलगायतको उपस्थिति थियो ।

त्यसैगरी, कुपन नम्बर ०८८७९०१७०, ०९३८९८३१४८६८, ०८०१६२९७६९३४, ०८२८०८९७६३७२, ०८७६५१६९००५३, ०८९६९१८५५६७०, ०८१६०२३५५६४४, ०९०५७४८२३८५०, ०७८२२४८५८६८८, ०८६६२३०९९५१५, ०९२१५६३४५१४२, ०८५२९९४४०३१२, ०८९८६५३१०७२९, ०८४०८६००४००१, ०९१०१५६२६२४९ र ०८३६८९६७६१५३ ले जनही रु एक लाख ३३ हजार ३३४ प्राप्त गरेका छन् ।