पुर्व कानूनमन्त्री नै बन्ने भए प्रधानमन्त्रीको कानुनी सल्लाहकार


काठमाडौं –पूर्वकानूनमन्त्री अग्नि खरेल महान्यायाधिवक्ता बन्ने भएका छन् । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खरेललाई महान्यायाधिवक्ता बन्न प्रस्ताव गरेका छन् । खरेलले प्रधानमन्त्रीको प्रस्ताव स्विकार गरेको उनि निकट स्रोतको दाबी छ।

पुर्व मन्त्री समेत रहेका एमाले नेता खरेल ओली निकट नेताका रुपमा चिनिन्छन् । उनले राष्ट्रिय सभामा जाने ईच्छा देखाएपनि प्रधानमन्त्री ओलीले अन्तिममा युवराज खतिवडासहित तीन जनालाई बनाउन सिफारीस गरेका थिए ।

यसअघि प्रधानमन्त्रीको कानुनी सल्लाहकार रहेका हरि फुयाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईलाई महान्यायाधिवक्ता बन्ने चर्चा चलिरहेको बेला खरेलको नाम आएको हो। आगामी साता बस्ने मन्त्रिपरिषदको बैठकले खरेललाई महान्यायाधिवक्ता नियुक्त गर्ने स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस
Advertisement