पांच वर्षसम्म जेल पर्न सक्छन् शंकर ग्रुपका मालिक अग्रवाल, सात दिन म्याद थप्ने तयारी


काठमाडौं– कालोबजारीको आरोपमा प्रक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवालको एक हप्ता म्याद थपको तयारी भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई मंगलवार नक्शालबाट प्रक्राउ गरेको थियो । ज्वरो नाप्ने थर्मल गन महंगो मुल्यमा बेचेको भन्दै उनलाई प्रक्राउ गरिएको अपराध महाशाखाले जनाएको थियो । अग्रवालमाथी थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट एक हप्ता म्याद थप्ने तयारी भएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

पांच हजार रुपैया मुल्य पर्ने थर्मल गन १५ हजारमा बिक्रि गर्न खोजेको भन्दै उनलाई प्रहरीले प्रक्राउ गरेको थियो । कीर्गिस्तानका अवैतानिक महावाणिज्य दूत समेत रहेका अग्रवाललाई कालोबजारी ऐन २०३२ अनुसार कार्वाही अगाडी बढ्नेछ । उक्त ऐनमा दोषि देखिए पांच वर्ष सम्म कैद वा जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ ।

अग्रवालले थर्मल गन बेच्न कूटनीतिक नियोगकै नम्बर प्लेट भएको गाडी समेत प्रयोग गरेका थिए । २०९८ सीसी वान नम्बरको गाडीमा चढेर अग्रवाल थर्मल गन विक्री गर्न पुगेका वेला उनलाई प्रहरी प्रक्राउ गरेको थियो ।

अग्रवाललाई प्रहरीको दरवारमार्गस्थि वृतमा राखिएको थियो । तर, उनले हिरासतभित्र छिर्न नमानेपछि प्रहरी उनलाई बल प्रयोग गरेर हिरासतमा लगेको थियो । उनले आफु विरामी भएको भन्दै नर्भिक अस्पतालका डाक्टरकोमा चेकअपको लागी लैजान प्रहरीलाई आग्रह गरेका थिए । तर प्रहरीले नर्भिक नलगेर वीर अस्पताल लगेको थियो ।

उनलाई वीर अस्पतालका डाक्टरले सवै चेक गरेपछि रक्तचाप सामान्यभन्दा अलि बढी भएको तर अन्य कुनै समस्या नभएको भन्दै दुई सय रुपैयाको औषधी लेखेर पठाएका थिए । प्रहरीले अग्रवाललाई दरबारमार्ग प्रहरी बृतकै हिरासतमा राखेको छ । उनका आफन्तले विभिन्न शक्तिकेन्द्रमार्फत फोन गरेर अस्पतालमा राख्न दवाव दिएपनि प्रहरीले भने त्यसलाई अस्विकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement