प्रहरीका एआईजी कार्की, राई र बस्न्यातलाई दर्ज्यानी चिह्न प्रदान


काठमाडौं– नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक डिआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नती भएका तीन जना वरिष्ठ प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ

मन्त्रिपरिषद्को निर्णय अनुसार एआइजीमा बढुवा भएका पुष्कर कार्की, ठुले राई र धीरु बस्न्यातलाई आइजीपी सर्वेन्द्र खनालले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

आइजीपी खनालले प्रहरी संगठनलाई उत्कृष्ट बनाउने आफ्नो एउटै चाहना रहेको बताए ।

‘उत्कृष्ठ प्रहरी संगठन बनाउनका लागी संगठनका प्रत्येक सदस्यले संगठनप्रतिको निष्ठा र इमान्दारिता प्रदर्शन गर्दै अझै सशक्त ढंगले काम गर्नुपर्छ’ उनले भने,  ‘सकारात्मक सोच, संगठनप्रतिको नीति र कानुन सम्मत काम गर्नुपर्छ, कसैले नीति विपरितको काम गरेको पाइएमा जोसुकै भएपनि कारवाहीको दायरामा ल्याइन्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement