काठमाण्डु – नेपाल प्रहरीका डीआईजी सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस भएका छन् ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शाहलाई बढुवा गर्न सिफारिस गरेको छ ।
बहालवाला एआईजी लालमणि आचार्य उमेर दहका कारण जेठ १० गते अवकाश भएपछि रिक्त हुने पदका लागि शाह सिफारिस भएका छन् ।
प्रतिक्रिया