सशस्त्रका दूई एआईजीको पदावधी एक वर्ष थप,केसी आईजिपी बन्ने सम्भावना बढ्यो


काठमाण्डु – सशस्त्र प्रहरीका दुई जना एआईजीको पदावधी थप भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्रका एआईजीहरु पुष्पराम केसी र रामशरण पौडेलको पदावधी एक वर्ष थप गरेको हो ।

एआईजीको पदावधी थप नगर्न सशस्त्रका प्रमुख शैलेन्द्र खनाल स्वयंम् लविङमा थिए । उनिहरु तिनै जना एकै ब्याचका अधिकृतहरु हुन । उनिहरुको पदावधी थप नभएको भए यही बैशाख २० मा अवकासमा जादैं थिए । विश्वस्त स्रोतकाअनुसार गृहसचिव महेश्वर न्यौपानेले सशस्त्र प्रमुख खनाललाई फोन गरेर पदावधी थपको प्रस्ताव ल्याउन भनेका थिए । खनालले प्रस्ताव ल्याउन आनाकानी गरेपछि गृहसचिव न्यौपाने गृहबाटै ठाडो प्रस्ताव लिने चेतावनी दिएपछि खनालले पदावधी थपको प्रस्ताव पठाएका थिए ।

सशस्त्रमा एआईजीको पदावधी ४ वर्षको हुने गर्छ । एआईजीको पदावधी ४ वर्ष पुरा भएपछि सशस्त्र प्रहरीको नियमावली नियम ६५ को २ अनुसार १ वर्ष थप्न गर्न सक्ने व्यवस्था नियममा छ ।

यसअघि सशस्त्रका दुई डिआईजीहरु मन्दिप श्रेष्ठ र खड्क राईको समेत पदावधी थप भएको थियो । एआईजीमा केसीको पदावधी थप भएसंगै थोरै समयको लागी उनको संगठन प्रमुख हुने बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement