विधिवत् रूपमा इन्द्रजात्रा सुरु (तस्बिहरू)

विधिवत् रूपमा इन्द्रजात्रा सुरु (तस्बिहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्द्रजात्रा अर्थात् येँया बुधबारबाट विधिवत् रूपमा सुरु भएको छ । बुधबार बिहान ७ः४१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) गरेपछि इन्द्रजात्रा विधिवत् रूपमा सुरु भएको मानिन्छ ।

आठ दिनसम्म चल्ने इन्द्रजात्राको पहिलो दिन पुलुकिसी, लाखे र सवःभकु निकाल्ने परम्परा छ ।

बुधबार साँझ नेवार समुदायले मृतकको सम्झनामा बत्ती (पाल्चाः) बाल्दै नगर परिक्रमा गर्ने परम्परा छ । इन्द्रजात्राको अन्तिम दिन नानीचा याः मा इन्द्रध्वजा (यःसिं) ढालेपछि जात्रा समापन भएको मानिन्छ ।

यस अवसरमा इन्द्र, भैरव, गणेश र कुमारीको पूजा तथा रथयात्रा गरिन्छ। हनुमानढोका दरबार क्षेत्र आसपासमा विभिन्न देवीदेवताका मूर्ति तथा रथको दर्शन गर्न श्रद्धालु तथा सर्वसाधारणको भीड लाग्ने गर्छ।