एआइजी जगेडामा : प्रहरीको महत्वपूर्ण विभाग नेतृत्वविहीन


काठमाडौं – सुरक्षा निकायमा अप्रेसन विभाग सबैभन्दा महत्वपूर्ण विभागका रूपमा लिइन्छ । प्रमुखपछिको व्यक्तिलाई जिम्मेवारी दिने चलन छ । तर, नेपाल प्रहरीको कार्यविभाग भने नेतृत्वविहीन छ । एक एआइजी जगेडामा राखेर विभागलाई नेतृत्वविहीन बनाइएको छ । देशमा हिंसात्मक घटना बढिरहेका वेला विभागलाई नेतृत्वविहीन बनाउँदा शान्ति–सुरक्षामै यसको असर पर्न सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

दुई साताअघि कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख रहेका एआइजी पुष्कर कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको थियो । प्रतिष्ठानमा कार्यरत एआइजी धिरु बस्नेतलाई दरबन्दी नै नभएको राष्ट्रिय सुरक्षा परिषद्मा राखिएको छ । भएका एआइजीलाई जिम्मेवारी नदिई एआइजीको दरबन्दी थप गर्न प्रहरी प्रधान कार्यालयले लबिङ गरिरहेको छ । प्रतिष्ठानमा आर्थिक अनुशासन कायम नगरेको आरोपमा बस्नेतलाई जगेडामा राखिएको बताइएको छ । अनियमितता गरेको अवस्थामा कारबाही गर्नुपर्नेमा जगेडामा राख्नु गलत भएको प्रहरी अधिकारीहरूको भनाइ छ ।

प्रहरी नेतृत्वमा हुँदैन छलफल
आइतबार राजधानीका तीन ठाउँमा भएका बम विस्फोटमा चारजनाको मृत्यु भयो । अन्य सातजना घाइते भए । विभिन्न सार्वजनिक स्थानमा शंकास्पद वस्तु र बम भेटिएपछि सर्वसाधारणमा आतंक फैलियो । यो विषयलाई लिएर सुरक्षा निकायको आलोचना भइरहेको छ । यस्तो अवस्थामा पनि प्रहरी नेतृत्वमा कुनै समीक्षा भएको छैन । यो समाचार आजको नयांपत्रिका दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस
Advertisement