सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी

सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशमा आगामी बिहीबारबाट बजेट अधिवेशन सुरु हुने भएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले आगामी बिहीबारबाट अधिवेशन आह्वान गरेका हुन् ।

शनिबार मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुख मियाँसँग शिष्टाचार भेट गर्दै अधिवेशन आह्वानको सिफारिस पत्र हस्तान्तरण गरेका थिए ।

सिफारिसको आधारमा आगामी १७ गते बिहीबार अपराह्न ४ बजे बैठक बस्नेगरि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिए ।

संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख मियाँले सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेका हुन् । गत चैत्र २९ गते राती १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख मियाँले विधेयक अधिवेशन अन्त्य गरेका थिए ।