नेपाल प्रहरीका तीन जना एआईजीले पाए नयाँ जिम्मेवारी


काठमाडौं – भर्खरै बढुवा भएका नेपाल प्रहरीका तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले नयाँ जिम्मेवारी पाएका छन् । प्रहरी प्रधान कार्यालयले एआईजीद्वय तारणि लम्साल , शैलेश थापा र हरि पाललाई नयाँ जिम्मेवारी दिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका लम्साललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) को जिम्मेवारी दिइएको छ ।

त्यस्तै महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख रहेका थापालाई प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग र २ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रमुख रहेका पाललाई कार्य तथा अपराध अनुसन्धानको जिम्मेवारी दिइएको छ ।

एआईजीमा तीन पद रिक्त रहेको थियो । एआईजीहरु पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले २८ माघमा अनिवार्य अवकास पाएसँगै यी पदहरु रिक्त थिए ।

गृह मन्त्रालयले तीन जना एआईजी बढुवाका लागि सिफारिस गरेको थियो । उनीहरु बढुवा भए पनि एआईजीको फूली भने लगाउन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement