उमेशराज जोशी र भीमप्रसाद ढकाल एआईजी बढुवाका लागि सिफारिस


काठमाण्डु – नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा समितिको सोमबार बसेको बैठकले प्रहरीको जनपद समूहतर्फका २ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवाका लागि सिफारिस हुने डीआईजीमा उमेशराज जोशी र भिमप्रसाद ढकाल रहेका छन् । उमेर हदका कारण अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारी र मिरा चौधरी अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement