काठमाण्डु – सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षकहरू (एआइजीपी)हरूको सरुवा गर्ने तयारी गरेको छ । निकटस्थ स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले एआइजीपी सरुवासम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ ।
बढुवा भएका एक एआइजीपीको पदस्थापन र ती एआइजीपीको सरुवा प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको हो । मन्त्रिपरिषद्को अपरान्ह ५ बजे बस्ने बैठकले एआइजीपीको सरुवा गर्ने गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
गृहले भर्खरी एआइजीपीमा बढुवा भएका रामदत्त जोशीलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग, नक्सालमा पदस्थापन सिफारिस गरिएको छ ।
त्यस्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) का प्रमुख दीपक थापालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख बनाएर लैजान प्रस्ताव गरिएको छ ।
प्रहरी प्रधान कार्यालय कार्य विभागमा रहेकी किरण बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा पठाउन गृहले प्रस्ताव गरेको छ । सिआईवी प्रमुख एआइजीपी श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्सालमा सरुवा गर्न सिफारिस गरिएको छ ।
प्रतिक्रिया