एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना : चिनियाँ नागरिकको पहिचान खुल्याे

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना : चिनियाँ नागरिकको पहिचान खुल्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको पहिचान खुलेको छ ।

हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको परिवारबाट पहिचानको आधार संकलन भएर मृतकको दाँतको परीक्षणबाट पहिचान खुलेको हो ।

चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी ली (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) को शव पहिचान खुलेको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले जानकारी दिए ।

मृतकको पहिचान शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली पोस्टमार्टमबाट पहिचान गरिन्छ ।

साउन गत २३ गते बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटना भएको थियो । सो दुर्घटनामा परी क्याप्टेन अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।