काठमाण्डु – भारतमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटना भएको छ ।
बिहीबार दिउँसो गुजरातको अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान बोइङ ७३७ खसेको हो ।
विमानमा २४२ यात्रु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
लण्डन उड्न लागेको विमान टेकअफका क्रममा दुर्घटनामा परेको बताइएको छ । अहमदाबादको मेघानी क्षेत्रमा यात्रुसहितको विमान दुर्घटना भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
अग्निनियन्त्रकहरूले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् भने विमान टुक्राटुक्रा भएको छ। उद्धार जारी छ।
प्रतिक्रिया