जनकपुर, विराटनगर र महेन्द्रनगरबाट दुईतर्फी एयर रुट दिन भारत सहमत


काठमाडौं– भारतले नेपाललाई जनकपुर, विरानगर र महेन्द्रनगरबाट पनि दुईतर्फी एयर रुट दिने भएको छ।

नेपालले  ४ वटा क्षेत्रबाट दुुईतर्फी हवाइ रुट मागेपनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि सहज मानिएको भैरहवा हवाई रुटमा भारत अझै सहमत नभएको हो।

रुटका लागि नागरिक उड्ययन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डियाबीच नयाँ हवाई रुटसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

अब अन्तर्राष्ट्रिय उडानका लागि काठामाडौं–विराटनगर र काठमाडौं–जनकपुर हवाई रुटलाई दुईतर्फी बनाइनेछ ।

पश्चिममा महेन्द्रनगर हुँदै कम उचाईमा उडान गर्ने वायुयानका लागि अहिले एकतर्फी रहेको काठमाडौं–महेन्द्रनगर–दिल्ली हवाई रुटलाई दुई तर्फी बनाउने छ। यसअघि नेपालबाट महेन्द्रनगर हुँदै भारत प्रवेश गर्न पाएपनि भारतबाट नेपाल प्रवेश गर्न यो रुट प्रयोग हुँदैनथ्यो।

समझदारीअनुसार अब नेपाल भित्रिने विमानलाई सिमाराबाटै आउनुपर्ने बाध्यता हट्नेछ । अहिले भुटान र चीनबाहेकका मुमलुबाट आउने विमानले सिमाराकै रुटमा मात्रै प्रयोग गरिरहेका थिए ।

चीनबाट आउने विमान नुनीम (सगरमाथाबाट पूर्व) को अकाशबाट नेपाल प्रवेश गर्छन्। नेपालले चीनसँग पनि नयाँ हवाइ रूटको अनुमति लिन छलफल गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement