एयर ट्राफिकको निर्देश नमान्दा बङ्लाको जहाज दूर्घटनामा


काठमाडौँ– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ । ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो।
कोटेश्वरतिरबाट अवतरण गर्न एयर ट्राफिकको निर्देश नमान्दा बङ्लाको जहाज बौद्धतिरबाट अवतरण गर्न खोज्दा दूर्घटनामा परेको भनाइ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।

विमानमा रहेका १४ जनाको उद्धार गरिएको छ । विमानमा लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी छ । विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement