काठमाडौं–धनगढी हवाई भाडादर घटाउन प्रतिस्पर्धा, अब ३१ सयमै उडान


कैलालीः काठमाडौं–धनगढी रुटमा उडान भर्ने होडबाजीसँगै विमान कम्पनीहरुबीच भाडादर घटाउने प्रतिस्पर्धा चलेको छ। विमान कम्पनीहरुको प्रतिस्पर्धाले काठमाडौं–धनगढी रुटमा एक सातामै हवाई भाडादर एक हजार आठ सयले घटेको छ।

 

भदौ १९ गते हवाई भाडा घटाएका एअरलाइन्सले बिहीबारदेखि फेरि नयाँ भाडा दर कायम गरेका हुन्। अघिल्लो साता चार हजार नौ सयबाट चार हजार रुपैयाँसम्म हवाई भाडा तय गरेका एयरलाइन्सले बिहीबार धनगढी–काठमाडौको हवाई भाडादर तीन हजार एक सय रुपैयाँसम्म निर्धारण गरेका छन्।

 

लामो समयदेखि धनगढी रुटमा हवाई सेवा दिदै आएको वुद्ध अएरले दिनँहु भाडादर परिवर्तन गरेर कम बनाउन थालेपछि नेपाल एयरलायन्स, सौर्य र श्रीएयरले पनि हवाई भाडा घटाएका हुन्।

 

बुद्धले धनगढी–काठमाडौ रुटमा तीन हजार एक सय र काठमाडौं धनगढीका लागि चार हजार सात सय रुपैयाँसम्म भाडा लिन थालेको छ।
सौर्य र श्रीएयरले पनि धनगढी–काठमाडौंका लागि तीन हजार दुई सय र काठमाडौं–धनगढीका लागि चार हजार पाँच सय रुपैयाँ भाडा तोकेका सौर्य एअरलाइन्सका प्रमुख बजार व्यवस्थापक मुकेश खनालले बताए।

 

नेपाल एअरलाइन्सले धनगढी –काठमाडाैं चार हजार र काठमाडांै–धनगढी चार हजार पाँच सय रुपैयाँ हवाई भाडा दर कायम गरेको धनगढी शाखा प्रमुख कुलप्रसाद ओझाले बताए।

श्री एअरलाइन्सका सहायक स्टेशन प्रमुख रनसिंह ठकुल्लाले पनि भाडादर घटाएको बताए।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement