विमानस्थलबाट पहेलो धातुको औंठी र बालासहित एक जना पक्राउ


काठमाण्डु –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेलो धातुको औंठी र बालासहित एक जना पक्राउ परेका छन् ।

हिमालय एयरलाइन्सको उडानमार्फत दुवईबाट काठमाण्डु आएका स्याङ्जा घर भएका नगेन्द्र कुमार रानाले भन्सार छली गरी अवैध रुपमा लैजान लागेको सुन जस्तो देखिन धातुको बाला ३ र औंठी २ थान सहित उनलाई पक्राउ गरिएको हो ।

उनलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको बटालियन मेट्रो एयरपोर्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement