उपरथीमा बढुवा भएका राणाले पाए हवाई महानिर्देशनालयको जिम्मेवारी


काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले पाइलट उपरथी दर्जामा पदोन्नति भएका पाइलट सहायक रथी आशिश नरसिंह राणालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

शुक्रबार प्रधानसेनापति थापाले जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रमकाबीच राणालाई पाइलट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

असार ०७ गतेको मन्त्रिपरिषद्को बैठकले पाइलट सहायक रथी राणालाई पाइलट उपरथी दर्जामा पदोन्नति गरेको थियो ।

पाइलट उपरथी दर्जामा पदोन्नति भएका पाइलट उपरथी राणालाई श्री सैनिक हवाई महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरिएको नेपाली सेनाले जनाएको छ ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement