सुमार्गीको पैसा रोक्का प्रकरणः ‘भुक्तानी दिएको रकम फर्काउन सकिँदैन’

सुमार्गीको पैसा रोक्का प्रकरणः ‘भुक्तानी दिएको रकम फर्काउन सकिँदैन’


काठमाडौँ – बैंकहरुले व्यवसायी अजयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट स्थानान्तरण गरेको पैसा फर्काउन व्यावहारिक समस्या भएको पत्र नेपाल राष्ट्रबैंकलाई पठाएका छन् ।

राष्ट्रबैंकले सुमार्गीको बैंक खातामा रहेको रकम पूर्ववत् अवस्थामा ल्याउन बारम्बार निर्देशन दिएपछि बैंकहरुले रकम फिर्ता ल्याउन व्यवहारिक समस्या भएको जानकारीसहितको पत्र पठाएका हुन् ।

सुमार्गीले स्थानान्तरण गरेको रकम ऋण तिर्न, कर्मचारीलाई तलब भुक्तानी र राजस्व भुक्तानीमा प्रयोग गरेकाले अब फेरि त्यस्तो रकम फिर्ता गर्न सम्भव नभएको बैंकहरुको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।