अजयराज सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज


काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गरिदिएको छ ।

आइतबार बसेको प्राधिकरण बोर्ड बैठकले हेलो नेपाल नामक मोबाइल सेवा सञ्चालनका लागि प्राधिकरणबाट पाएको लाइसेन्स खारेज गर्ने निर्णय गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी तथा नविकरण शुल्क बापतको ८० करोड रुपैयाँ तोकिएको समयमा नदिएका कारण खारेज गरिएको खनालले जानकारी दिए । प्राधिकरणले यसअघि कम्पनीलाई पटक पटक समय सारेर भदौ १ सम्म नतिरे लाइसेन्स खारेज गरिदिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement