कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दल नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
काँग्रेसका बहुमत प्रदेश सभा सदस्यले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरकर्ताको नेतृत्व नेता दिवानसिंह विष्टले गरेका छ
विष्टले शाहलाई दलनेताबाट हटाउन संसदीय दलको कार्यालयमा बहुमत सदस्यको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको जानकारी दिए ।
उनका अनुसार अविश्वास प्रस्तावमा १८ मध्ये ९ प्रदेश सभा सदस्यको हस्ताक्षर छ ।
१८ मध्ये पूर्वसभापति शेरबहादुर देउवाका भजितासमेत रहेका प्रदेश सभा सदस्य प्रकाश देउवा जेनजी आन्दोलनपछि अमेरिका गएर फर्किएका छैनन् ।
बहुमत पक्षले आजै शाहलाई दल नेताबाट हटाएर नयाँ नेता तोक्ने तयारी गरेको छ ।
दल नेताबाट हटेको अवस्थामा शाहको मुख्यमन्त्री पद जानेछ ।




प्रतिक्रिया