अख्तियार प्रमुखमा सिफारिस नवीनकुमार घिमिरेको सुनुवाइ आज


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाई (आज) बिहिबार हुदै छ ।

संवैधानिक परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक परिषदले गत भदौ २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेको नाम सिफारिस गरेको थियो ।

समितिले भदौ २४ बाट असोज १ भित्र समितिमा आफैं आएर वा जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी गर्न भने पनि उनीविरुद्ध कुनै पनि उजुरी नपरेको बताइएको छ । यसअघि लोकमानसिंह कार्कीलाई आयोगको प्रमुख आयुक्त सिफारिस गर्दा त्यसको चर्को आलोचना भएको थियो । तर घिमिरे भने निर्विवाद देखिएका छन् । उनी ०७१ मा आयोगको आयुक्तमा नियुक्त भएका थिए ।

सुनुवाइ समितिका अनुसार, बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । घिमिरेविरुद्ध कुनै उजुरी नपरेको र विवादसमेत नदेखिएकाले उनको नाम पारित हुने संम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement