काठमाण्डु- माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचन कार्यतालिका परिवर्तन भएको छ । माघ १२ गते हुन लागेको निर्वाचनको मनोनयनको समय परिवर्तन भएको हो ।
प्रमुख निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले एक सूचना जारी गर्दै केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यहरुको मनोनयन माघ ५ गते हुने भनी सूचना जारी गरिएकोमा प्राविधिक कारणले गर्दा मनोनयको मिति परिवर्तन गरी माघ ८ गते कायम गरिएको जानकारी दिएका छन् ।
यसअघि उमेर हद विवादले रोकिएका नेतृत्व चयन प्रक्रिया रोकिएको थियो । उमेर हद विवाद मतदान प्रक्रियाबाट छिनोफानो गरेर ३२ वर्षे उमेर हद लगाएको छ । उमेर हद लागू भएपछि यसअघिका आकांक्षी अधिकांश नेतृत्वको दौडबाट बाहिरिएका छन् ।
प्रतिक्रिया