पृथ्वी राजमार्ग खुल्न अझै ८ घण्टा लाग्ने

पृथ्वी राजमार्ग खुल्न अझै ८ घण्टा लाग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –त्रिशूली नदीको कटानका कारण धादिङको गलौदीमा पृथ्वी राजमार्ग भासिएपछि अवरुद्ध भएको सडक खुल्न अझै आठ घण्टा लाग्ने भएको छ ।

गजुरी नजिक काठमाण्डु जानेतर्फको सडक भासिएको छ ।

सडक विभागका अनुसार गलौदीमा त्रिशूली नदीले सडकतर्फ कटान गर्दा सडक भासिएको हो। सडकको भित्रीपट्टि स्थानीय सडक रहेकाले त्यसलाई काटेर सडक फराकिलो बनाउने (ब्याक कटिङ)को काम थालिएको छ ।

ब्याक कटिङको काम सम्पन्न हुन करिब ८ घण्टा लाग्ने अनुमान गरिएको छ। सडक खुलाउन काम सुरु भए पनि यातायात सञ्चालनमा आउन अझै ७ देखि ८ घण्टा लाग्न सक्ने जनाइएको छ ।

गलौंदी खण्डको ७० मिटर सडकमा समस्या भएको र भित्तो काटेर सवारी सञ्चालनमा ल्याइने सडक विभागका महानिर्देशक विजय जैसीले बताए । उनका अनुसार १० भदौको भोटेकोशी बाढीपछि तलबाट त्रिशूली नदीले कटान गर्दा त्यसको असर अहिले देखिएको हो ।

यसअघि १४ भदौमा भोटेकोशीको बाढीपछि त्रिशूली नदीले तलबाट कटान गर्दा पृथ्वीराजमार्गको कृष्णभीर खण्ड भासिएको थियो ।

कृण्णभीरको सडक भासिएको खण्डभन्दा माथिबाट नयाँ ट्र्याक बनाएर सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । गलौँदीको सडक भासिएपछि शुक्रबारदेखि नै यातायात अवरुद्ध छ ।