काठमाण्डु- माओवादी केन्द्र निटक विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटाले अग्रता लिइरहेका छन् । उनलाई हेमन्त राईले पछ्याइरहेका छन् ।
अनेरास्ववियु (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनबाट नेतृत्व छनोटका लागि शनिबार निर्वाचन भएको हो ।
सापकोटाले ४५३ मत पाएका छन् । त्यस्तै राईले ३९९ मत ल्याएका छन् भने उपदेश यादवले १६८ र सुदिन पौडेलले १४२ मत पाएका छन् ।
निर्वाचन समितिका अनुसार तीन प्रदेशमा अध्यक्ष पदको अन्तिम मतपरिणाम आइसकेको छ ।
लुम्बिनी प्रदेशमा अध्यक्ष पदका उम्मेदवार विजयप्रकाश शर्माले सबैभन्दा बढी ८७ मत पाएका छन् । अर्का अध्यक्षका उम्मेदवार ६६ मत पाएका छन् । यसैगरी सुदिन पौडेलले २२ मत पाउँदा उपदेश यादवले जम्मा १० मत पाएका छन् ।
यस्तै कर्णाली प्रदेशमा अध्यक्ष पदको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा सापकोटा र राईबिच कडा प्रतिस्पर्धा देखिएको छ । राईले ८२ मत पाउँदा सापकोटाले ८० मत पाएका छन् । पौडेलले ८ मत ल्याउँदा यादवले ५ मत पाएका छन् ।
बागमती, विशेष र विश्वविद्यालयको मतगणना हुन बाँकी छ ।
यसबीच लुम्बिनी प्रदेशमा पदाधिकारी सबैको अन्तिम परिणाम आएको छ । निर्वाचन समितिका अनुसार सचिवका उम्मेदवारमध्ये खुला सचिवमा सर्वाधिक मत प्रशान्त बन्जाडेले पाएका छन् ।
दोस्रोमा प्रेम जैसीले ६५ र तेस्रोमा हरिबहादुर वलीले पाएका छन् । यसैगरी सचिव छात्रामा समकृति पुनले ८१, दोस्रोमा सविता थापाले ७३ मत पाएका छन् । यस्तै सचिव आदिवासी जनजातिमा दिपेश मगरले ६३ मत पाएका छन् ।
सचिव दलितमा हरेन्द्र बहादुर विकले ८९ मत पाएका छन् । सचिव मधेसीमा अमर मण्डलले सर्वाधिक ५२ मत पाएका छन् । यस्तै कोषाध्यक्षमा सर्वाधिक ७२ मत फुलमाया रानामगरले पाएकी छिन् ।
प्रतिक्रिया