पि. यू. अखिल कप भब्यरुपमा सम्पन्न


डम्बर धामी, काठमाण्डु- अनेरास्ववियू पूर्वाञ्चल बिश्वबिद्धालय राष्ट्रिय कमिटीको आयोजनामा भएको “पि यू अखिल कप २०७९” भब्यरुपमा सम्पन्न भएको छ ।  शैक्षिक संगै विद्यार्थीको शारीरिक र मानसिक स्वास्थमा थप अझ बढी बलियो बनाउने उद्देश्यका साथै राष्ट्रिय स्थरमै उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको थियो

नया बानेश्वरस्थित रोयल फुट्सलमा संगठनका पूर्वाञ्चल बिश्वबिद्धालय राष्ट्रिय कमिटी अध्यक्ष क.मनोज चन्द ठकुरीको अध्यक्षतामा भएको टुर्नामेन्टमा उत्घाट्न तथा समापन समारोह दुबैमा लोकप्रिय नेता अनेरास्ववियू केन्द्रिय कमिटी अध्यक्ष क. सुदेश पराजुलीको प्रमुख अथिती थिए । त्यसैगरी खेल हेर्न केन्द्रिय कमिटीका पदाधिकारीहरु साथै खेल प्रेमीहरुको उल्लेखनिय उपस्तिथि देखिन्थ्यो।

आयोजकलाई धन्यवाद दिदै यस्तै रचनात्मक गतिविधिहरुले विद्यार्थीहरु समग्र सिकाइमा थप टेवा पुग्ने र अखिललाई थप ससक्त बनाउने आफ्नो मन्तव्यमा प्रमुख अतिथिले राख्नुभएको थियो। अन्य बिश्वबिद्धालय जस्तै स्वबियू निर्वाचनकोलागि बिश्वबिधालयलाई दबाब दिन र त्यसका लागि ग्राउन्ड लेबलमै ( प्रत्येक कलेजहरु)मा संगठन बिस्तार गर्न विद्यार्थीहरुको समस्याहरुलाइ उठाउन, समाधानका लागि पहल कदमी गर्न अध्यक्ष पराजुलीले उत्घाटन शस्त्रमा मन्तब्यका क्रममा उल्लेख गरे ।

फागुन ११-१२ मा भएको टुर्नामेन्ट बिश्वबिद्धालय अन्तरगतका, सिटिइभिटीबाट शंखरापूर तथा पोखरा बिश्वबिद्धालयको एक टिम गरि जम्मा १२ वोटा टिमले भाग लिएका थिए । नक आउट फर्मेटमा खेलाइएको खेलमा बिजेतालाइ नगद रु.साठी हजार तथा ट्र्फी र उपबिजेतालाइ नगद पैतिस हजार र ट्रफी पुरस्कार राखिएको थियो।

उक्त प्रतियोगितामा हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज सिभिल ग्रुप बिजेता भएको थियो भने आयोजक ए टिमले उपबिजेतामा चित्त बुझाउनु परेको थियो, साथै उत्कृष्ट गोलरक्षकको उपाधि हिमालयन ह्वाइटका गोलरक्षक अबिरल बस्नेत, उत्कृष्ट खेलाडीको उपाधि कान्तिपुर सिटी कलेज सिभिल ग्रुपका खेलाडी राजन शाही तथा सर्वाधिक गोलकर्ताको उपाधि हिमालयन ह्वाइट कै सौगात अर्यालले पाएका थिए।

दुई-दुई को बराबरी मा रोकिएपछि खेल पेनाल्टी सुट आउट मा धकेलिएको थियो र हिमालयन ह्वाइट हाउस को तर्फ बाट रमेश बिक्रम शाहीले निर्यायक गोल गरेका थिए ।

सहयोगी सम्पूर्णमा धन्यवाद दिदै “टुर्नामेन्ट आयोजना गर्न सुरुमा च्यालेन्जिङ नै रहेपनी उपत्यका कमिटी तथा विभिन्न कलेज कमिटीको सक्रियताले यो सम्भब भएको र एकतामा साच्चिकै तागत हुने रहेछ र यस्ले राष्ट्रिय कमिटी आगामी गतिविधिहरुका लागि थप हौसला मिलेको छ।” राष्ट्रिय कमिटी सचीव शिव रतन शाहले भन्नुभयो।

लेखक: कम्रेड डम्बर धामी
अनेरास्ववियू हिष्ट इन्जिनियरिङ कलेज कमिटी अध्यक्ष
तथा पि.यू. अखिलकप आयोजक कमिटी सदस्य

No description available.No description available.No description available.No description available.

 

प्रतिक्रिया दिनुहोस
Advertisement