काठमाण्डु – नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले विद्यार्थीसँग अखिल (क्रान्तिकारी) अभियान संचालन गर्ने भएको छ । ३ महिने अभियान जेष्ठ २५ देखि भाद्र २५ सम्म संचालन हुने संगठनका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख मदन ढकालले जानकारी गराए ।
आधारभूत तह भन्दा माथिका सबै शिक्षण संस्थाहरुमा संगठन निर्माण गर्ने अभियानको लक्ष्य राखिएको छ । एक इकाई एक प्रशिक्षण, प्रत्येक संगठन सशक्त जन परिचालन, एक संगठन एक संघर्ष, प्रत्येक सदस्य संगठित सदस्य, हाम्रो विश्वविद्यालय राम्रो विश्वविद्यालय लगायतका अभियानको उद्देश्य भएको ढकालले जानकारी गराए ।
अभियान अवधिभरी नयाँ सदस्यता र नवीकरण सहित पाँच लाख सदस्यता वितरण गर्ने अखिल ९क्रान्तिकारी० ले जनाएको छ । विश्वविद्यालयमा बढ्दै गइरहेको राजनीतिक हस्तक्षेप बन्द गर्न संघर्षको कार्यक्रम संचालन गरिने ढकालले बताए ।
प्रतिक्रिया