काठमाण्डु– नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा आज पनि लफडा भएको छ ।सम्मेलनमा सोमबार उमेर हदको विषयमा विवाद सुरु भएपछि कुटाकुटनै भएको हो।
काठमाडौँको कीर्तिपुरमा गत असोज १० गतेदेखि सुरु भएको सम्मेलनमा हिजो पनि लफडा भएको थियो । हिजो महाधिवेशनस्थलमा सहभागी प्रतिनिधिसँग २ हजार प्रवेश शुल्क तोकेपछि बन्द सत्र हलमा आन्दोलन भएको थियो ।
लफडा भएपछी हिजो बसेको माओवादी पदाधिकारी बैठकले उमेर हदमाथि मतदान गराउने तर नेतृत्व चयनमा हस्तक्षेप नगर्ने निर्णय गरेको थियो । निर्णय नमान्दै २८, ३० र ३२ वर्षको उमेर हदबन्दीबारे दुई पक्षबीच विवाद बढ्दै जाँदा आज पनि हानाहान भएको केन्द्रीय सदस्यका दावेदार दिपेन्द्र सिंहले बताए ।
पक्षबीचको झडपका कारण अहिले सम्मेलनस्थलको अवस्था तनावपूर्ण बनेको छ।
प्रतिक्रिया