पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको विरोध प्रदर्शन


काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नेपाल आयल निगमको कार्यालयमा पुगेर विरोध प्रदर्शन गरेको छ ।

अन्तर्राष्ट्रिय मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरियोस् भन्ने माग राखेर आयल निगमको कार्यलयमा विरोध प्रर्दशन गरेको सो संगठनका सचिवालय सदस्य गोबिन्द बिस्टले जानकारी दिए ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अखिल ( क्रान्तिकारी ) का अध्यक्ष मिलन राईले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे अनुसार नेपालमा पनि मूल्य घटाउनु पर्ने माग सरकारसँत राखे । अन्तर्राष्ट्रिय बजारमा मुल्य बृद्दि भएको हवाला दिदै इन्डियन आयल कर्पोरेसनले मुल्य बढाए लगत्तै रातरात मुल्य बृद्दि गर्ने आयल निगम मुल्य घटेर आएको हप्तौ बितिसक्दा पनि मुल्य घटाउदैन , तत्काल पेट्रोलियम पदार्थको मुल्य समायोजन गरीयोस  अध्यक्ष राईले भने ।

साथै उनले मूल्य नघटाए देउवा सरकार विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी पनि दिए । अन्तर्राष्ट्रिय बजारमा पटक पटक पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि नेपालमा मूल्य घटेको छैन । नेपाल सरकारले यसबारेमा खासै वास्ता नगरेको अध्यक्ष राईको भनाई रहेको छ । नेपाली जनताको दैनिक जीवन सहज बनाउनका लागि सरकारले छिटो भन्दा छिटो महँगी नियन्त्रण गर्नुपर्ने पनि सङ्गठनको माग छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement