अमेरिकी उपसहायक विदेशमन्त्री काठमाण्डुमा अवतरण, जर्नेल टोली बेलुकी फर्कंने


काठमाण्डु- अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर काठमाण्डु आइपुगेकी छन् । उनी दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप-सहायक विदेशमन्त्री हुन् ।

अमेरिकी सेनाका इण्डो प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल जोन सी अक्विलिनो काठमाण्डुमा रहकै वेला अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर आज काठमाण्डु आएकी छिन् ।

अक्विलिनो भने साँझ ५ बजे फर्किने भक्एका छन् । वायुसेनाको विशेष विमानमा अक्विलिनो श्रीमतीसहित १७ जनाको टोली लिएर शनिवार साँझ आइपुगेका थिए । उनले काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा जारी शान्ति प्रयास ४ अभ्यासको आइतवार अवलोकन गरेका थिए । पछिल्लो समय अमेरिकी अधिकारीहरुको नेपाल आउत जाउत निकै बाक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement