अक्षयले नयाँ निर्देशकसँग काम गर्नुको रहस्य खुलाए


एजेन्सी – बलिउडका चर्चित अभिनेता अक्षय कुमारले आफु नयाँ निर्देशकसँग काम गर्नुको रहस्य खुलाएका छन् । एक वर्ष मै ४र५ वटा फिल्म खेल्ने गरेका अक्षयले हालै गुड न्यूजको प्रेस मिटमा आफुले नयाँ निर्देशकसँग काम गर्नुको कारण बताएका हुन् ।

‘म नयाँ निर्देशकसँग काम गर्छु किनकी ठूला निर्देशक मलाई आफ्नो फिल्ममा कास्ट गर्दैनन् । ठूला निर्देशक डिजर्व गर्ने व्यक्तिहरुकोमा जान्छन् । तपाईहरुलाई थाहै छ खान मात्र नभएर कपूर र अरु फिल्म क्षेत्रमा अबल छन् । सायद म डिजर्व गर्दिन त्यसैले मैले आफ्नै तरिकाले काम गर्न सुरु गरे । अहिले पनि ठूला निर्देशक मलाई लिएर काम गर्दैनन् । उनीहरु मेरो फिल्ममा लगानी गर्छन् तर निर्देशन गर्दैनन् । तपाईहरु करण जोहर र आदित्य चोपडालाई सोध्न सक्नु हुन्छ,’ उनले भने ।

अक्षयले गुड न्युजको निर्देशक राज मेहताको बारेमा बोल्दै भने, ‘फिल्म गुड न्यूजका निर्देशक राज मेहता मेरो २१औं नयाँ निर्देशक हुन् । मलाई लाग्छ राम्रो काम गर्नको लागि पुरानो निर्देशक भन्दा उनीमा बढि लालच छ । उनको लागि यो ‘गर या मर’ जस्तै हो । यो फिल्म चलेन भने उनलाई खत्तम हुन्छु भन्ने लाग्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement