कोरोना रोकथामका लागि ४० करोड सहयोग गर्ने अक्षयको घोषणा


एजेन्सी – बलिउड अभिनेता अक्षयकुमारले कोरोना भाइरस रोकथामका लागि ४० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

शनिबार सामाजिक सञ्जालबाट अक्षयले मानव जीवन महत्त्वपूर्ण भएको भन्दै उक्त सहयोग गर्ने घोषणा गरेका हुन् ।

‘यो बेला मानव जीवन महत्त्वपूर्ण छ । हामीले हरसम्भव योगदान गर्नुपर्छ । मलाई २५ करोड रुपैयाँ कोषमा दान गरेकोमा खुसी लागेको छ’, उनले भनेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस रोकथामका लागि ‘पीएम केयर फन्ड’ स्थापना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement